विप्लवलाई ठुलो झड्का, एक दर्जन नेताहरु सत्तारूढ नेकपामा प्रवेश !

काठमाडौँ , २३ चैत्र । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि विप्लवलाई पनि ठुलै झड्का लागेको छ ।

प्रतिबन्धपछि दर्जनौ नेता कार्यकर्ता पक्राउ पर्नुका साथ एक दर्जन नेता सत्तारूढ नेकपामा छिरिसकेका छन् ।

यसरी यसको सांगठनिक संरचना खुम्चिँदै गएको बेला भएका नेताहरु पनि निस्क्रिय जस्तै भएका छन् । पार्टीभित्रै महासचिव विप्लव र नेता खडकबहादुर विश्वकर्माबीच अन्तरविरोध बढ्दो छ ।

२०७३ फागुनमा रोल्पामा भएको आठौं महाधिवेशनले पार्टीको नाम फेरेर नेकपा मात्रै राखेन, ६१ सदस्यीय केन्द्रीय समिति पनि बनायो । तर दुई वर्ष नबित्दै केन्द्रीय समिति ४१ मा झरेको छ ।