शनिबार बिहान परेको चट्याङले छाती डढेकी १० वर्षीया बालिकाको मृत्यु

विराटनगर, २३ चैत्र । चट्याङ लागेर मोरङमा एक बालिकाको मृत्यु भएको छ ।

मोरङकी १० वर्षीया आराधना राजवंशीको हावा, हुरी र वर्षासँगै परेको चट्याङबाट ज्यान गएको हो ।

चट्याङले उनको छाती डढेको छ । बालिका घर नजिकै चट्याङले लागेर घाइते भएकी थिइन् । घाइते उनलाई उपचारका लागि विराट मेडिकल कलेजमा लगिएकाे थियाे । तर उनलाई बचाउन डाक्टरहरु पनि असमर्थ भए ।

उपचारको क्रममा बालिकाको मृत्यु भएपछि पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको प्रहरीले जानकारी दिएको छ ।