यस्तो बन्दै छ नायिका श्वेता खड्काले बनाएकाे एकीकृत माझी बस्ती, सहयोग गर्न सबैलाई अपिल

काठमाडौं, २३ चैत्र । विनाशकारी भूकम्प पछि कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले मुसहर एकिकृत नमुना बस्ति बनाएर सबैतिरबाट प्रशंसा बटुले । हेर्दा चिटिक्क देखिने ती सुन्दर घरहरु बनाउन साच्चै नै मनै लोभ्याउने खालका हुने गर्छन् ।

त्यसैगरि अहिले विभिन्न किसिमका आर्थिक संकटहरु चिर्दै नायिका स्वेता खड्काले पनि माझी वस्तीमा एकीकृत नामुना बस्ती निर्माण गर्दैछिन् ।

उनै नायिका खड्काले शुक्रबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै सबैलाई हातेमालो गरि बस्ति निर्माणमा सहयोग गर्न अनुरोध गरेकी छिन् ।

उनि लेखेकी छिन्, “सानो घर, हाम्रो रहर “को सपना साँचेका मेरा प्रिय माझी बस्तिका दाजुभाइ तथा दिदि बहिनीहरुसंग हात्तेमालो गर्दै यहाँ सम्म आइपुगियो । धेरै कस्ट सहियो , धेरै हण्डर खाइयो । कतिले गाली गरे अनि कत्तिले आँखा तरे। कोहीले आश देखाए भने कोहीले उपहास गरे। तर सहयोगीहरुको साथ र माझी बस्तिका युवाहरुको हातका कारण हामी, हाम्रो सपनालाई बिपनामा परिणत गर्ने तर खरमा छौ। अझै केहि काम बाँकी छन । म एक्लैले ,अपुरो कामलाई पुरा गर्न सम्भव छैन। आउ नुस अझै मौका छ । नमुना माझी बस्तीमा आ-आफ्नो योगदान गरौ ।’

स्वेता श्री फाउन्डेसनको अभिभावकत्व तथा संरक्षण पाएका सिन्धुपाल्चोकको माझी बस्ती चौतारा साँगाचोक गढी नगरपालिका–१४ भिमटार माझी बस्तीमा नायीका श्वेता खड्काको समन्वयमा निर्माण सुरु गरिएको एकीकृत माझी बस्ती निर्माणमा ढिलाई भए पनि विभिन्न कठिनाईहरुलाई छिचौल्दै अघि बढिरहेको छ ।

भिमटारको माझी बस्तीका स्थानीयलाई लक्षित गरी नायिका खड्काले श्वेता श्री फाउण्डेशनमार्फत ५३ घर निर्माण सुरु गरेकी थिइन् । ४६५ वर्ग फिटमा निर्माण हुने घरको लागत प्रति घर लगभग ७ लाख रुपियाँ पर्न आउँछ ।

फाउण्डेशनले स्थानीयसँग घर निर्माण मा लाग्ने ७ लाख आफैले व्यहोर्न पर्ने र अन्य भौतिक पूर्वाधार को काम मात्रै फाउण्डेशनले गर्ने सहमतीमा काम सुरु गरेको थियो ।