इरानको पूर्वी प्रान्त जलमग्न : लगातार परेको वर्षापछी बाढी आएर ७० जनाको मृत्यु, लाखौं मानिस घरबारबिहिन !

तेहरान, २३ चैत्र । केही हप्तादेखि लगातार परेको पानीका कारण इरानको पूर्वी प्रान्तहरुमा बाढीबाट ७० जनाको मृत्यु भएको छ भने लाखौै मानिसहरु विस्थापित भएका छन् । उ

बाढीबाट प्रभावितलाई अस्थायी शिविरमा ल्याउने प्रयास भइरहेको छ । केजेस्टान प्रान्तको सुसानएगर्डमा मात्रै पचास हजार भन्दा धेरै मानिसहरुलाई स्थानातरण गर्ने प्रक्रिया अघि बढाइएको अधिकारीहरुले बताएका छन् ।

गत हप्तामात्रै उक्त प्रान्तका ७० गाउँका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको थियो । अधिकारीहरुका अनुसार बाढीका कारण १९ सय भन्दा बढी शहर र गाउँहरु प्रभावित भएका छन् ।
हजारौं सडक,पुल र भवनहरुमा क्षति पुगेको छ ।

इरान सरकारले बाढीबाट विस्थापितहरुलाई राहत उपलब्ध गराउने र उद्धारको कार्यलाई तिव्र बनाउन अधिकारीहरुलाई निर्देशन दिएको छ । तर लगातार परेको पानीका कारण उद्धार र राहतमा कठिनाइ भएको बीबीसीले जनाएको छ ।