अरबाज खानसंग सम्बन्ध विच्छेत भएको केहि समय मै मलाइका अरोडाको कपुर फ्यामिलीमा इन्ट्री (तस्बिर सहित)
एजेन्सी ।आइटम गर्ल भनेर चिनिने बलिउड अभिनेत्री तथा डान्सर मलाइका आरोडा हिजो आज अभिनेता अर्जुन कपुरसंग रोमान्समा छिन । उनीहरुको अफेयर भएको केहि महिना बिते पनि आफैले सार्बजनिक भने गरेका छैनन् ।
तर पछिल्लो समय मलाइकालाई कपुर फ्यामिलीसंगै देखिएको थियो । यो जोडी सञ्जय कपूरको घर पार्टीमा पनि सँगै पुगेका थिए । उनीहरुले आफ्नो अफेयरबारे नबोले पनि हाउ भाउ हेर्दा स्पष्ट हुन्छ कि उनीहरु रिलेसनमा छन । नयाँ वर्ष २०१९ मा पनि जमेर रमाइलो गरिरहेको तस्बिरहरु अहिले भारतीय मिडियामा चर्चामा आएको छ । अर्जुन कपूरको काका सञ्जय कपूरको घर मा यी जोडी हात समाएरै पुगेका थिए ।
यसै मौकामा मलाइकाले शिमरी आउटफिट पहिरनमा देखिएकी थिइन् । यस पहिरनमा मलाइका निकै सुन्दरी देखिएकी थिइन् । सञ्जय कपूर अभिनेता अर्जुन कपूरको काका हुन् । यस कपूर परिवारमा मलाइकाको इन्ट्री भएको आभाष सबैलाई भइरहेको छ ।
पार्टीपछि सञ्जय कपूरले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक तस्वीर पनि सेयर गरेका छन् । तस्वीरमा अर्जुन, मलाइका, सञ्जय कपूर, महीप कपूर र करण जोहर छन् । सञ्जयले तस्वीर सेयर गर्दै क्याप्शनमा ‘फ्यामिली’ भनेर लेखेका छन् । यो हेर्दा कपुर फ्यामिली पनि मलाइकालाई स्वीकार्न तयार भएको अनुमान लगाउन सकिन्छ ।