आफ्नो पतिसँग नाजायज सम्बन्ध राखेको भन्दै माइत आएकी नन्दद्वारा भाउजुमाथि निर्घात कुटपिट, मुखमा कालो पोतेर कपाल समेत काटिदिइन्, छिमेकीले छुट्याउनुको सट्टा रमिता हेर्दै भिडियो खिचे ! (भिडियो सहित)

काठमाडौं, २३ चैत्र । भारतको उत्तर प्रदेश मेरठको मेडिकल थाना क्षेत्रको एक कोलोनीमा घटेको एक घटना यति बेला सामाजिक संजालमा भाइरल भइरहेको छ । जुन घटना नन्द भाउजुको लडाइँले घरको सीमा पार गरेर बाहिर निस्किएको हो ।

भारतीय संचारमाध्यमका अनुसार नन्दले भाउजुलाई निर्मम तरिकाले लात्तीले हानिन् । भाउजुको मुखमा कालो पोतिदिएर उनको कपाल काटिदिइन् । भाउजुले कुटाइ खाइरहिन् तर छिमेकीहरुले भने तमाशा हेरेर बसे ।

छिमेकीले झगडा शान्त पार्नुको साटो भिडियो बनाउँदै बसे । पछि कसैले यो भिडियो सामाजिक संजालमा शेयर गरिदियो । सोहि भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको हो ।

भारतीय मिडियामा उल्लेख भएअनुसार नन्दको केही समय पहिले मात्र बिहे भएको थियो । नन्द माइती आएकी थिइन् । यही बीचमा उनको भाउजुसँग झगडा भयो । नन्दले आफ्ना पति र भाउजुको अवैध सम्बन्ध भएको आरोप लगाएर कुटेकी थिइन् ।

तर, भाउजुले भने नन्दको आरोप अस्वीकार गरिरहिन् । पुलिसले यी दुईलाई छुट्याएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

भिडियो हेर्नुहोस् –