आइपिएलमा कोहलीले सुरेश रैनाको रेकर्ड तोड्दै बनाए नयाँ रेकर्ड !

काठमाडौँ, २३ चैत्र । जारी आइपिएलको १२औं संस्करणमा हरेक दिन नयाँ नयाँ रेकर्ड बनिरहेका बेला विराट कोहलीले पनि नयाँ रेकर्ड बनाएका छन् ।

गए राति भएको रोयल च्यालेन्जर्स बैंगलोर कोकोलता नाइटराइडर्ससँग पराजित भए पनि बैंगलोरका कप्तान विराट कोहलीले नयाँ रेकर्ड बनाएका हुन् ।

आफ्नो टिम हारे पनि कोहलीले ८४ रन आइपिएलको इतिहासमा अहिलेसम्मकै धेरै रन बनाउने खेलाडी बनेका छन् ।

कोहलीले यसअघि सुरेश रैनाले बनाएको रेकर्ड तोड्दै आइपिएलमा धेरै रन बनाएका हुन् ।

कोहलीले आइपिएलमा अहिलेसम्म ५११० रन बनाएका छन् । कोहलीले १६८ खेलका १६० इनिंगमा ५११० रन बनाएका हुन् । कोहलीले ४ शतक एवं ३५ अर्धशतकसमेत बनाएका छन् । कोहलीले आइपिएलको क्यारियरमा ४५२ चौका र १८० छक्का समेत प्रहार गरेका छन् ।

आइपिएलमा यसअघि धेरै रन बनाएका सुरेश रैना ५०८६ रन बनाएर दोस्रो स्थानमा छन् । रैनाले १८० खेलका १७६ इनिंग खेल्दै ५०८६ रन बनाएका छन् ।

रैनाले ३४.१३ को औसतमा एक शतक र ३५ अर्धशतकसहित ५ हजार रन पुरा गरेका हुन् । रैनाले आफ्नो आइपिएल क्यारियरमा ४६१ चौका र १८८ छक्का प्रहार गरेका छन् ।