माल्दिभ्स्मा आज संसदीय निर्वाचन

माले, माल्दिभ्स्, २३ चैत। माल्दिभ्स्मा आज शनिबार संसदीय निर्वाचन भएको छ । पूर्व राष्ट्रपति अब्दुल्ला यमिनलाई जबरजस्ती हटाइएपछि आज पहिलो पटक निर्वाचन भएको हो ।

यस निर्वाचनमा पूर्व राष्ट्रपति मोहमद नशिद सवै भन्दा उच्च ओहदाका उम्मेदवार हुनुहुुन्छ । आजको निर्वाचनबाट पिपल्स मज्लिस भनिने संसदका लागि ८७ जना निर्वाचित हुनेछन् । गत सेप्टेम्बरमा भएको निर्वाचनमा नशिदकै पार्टीका अर्का नेता मोहम्मद इब्राहिम सोलिह विजयी भई यमिन पराजित भएपछि यमिनलाई निर्वासनमा हुनुहुन्थ्यो ।

अहिले भने उहाँ स्वदेश फर्किनु भएको छ । सोलिहले आइतबारको निर्वाचनबाट उहाँको पार्टी माल्दिभीयन डेमोक्र्याटीक पार्टी (एमडीपी) अत्यधिक मतका साथ विजयी हुने दाबी गर्नुभयो । “मैले जोड दिएर भन्न चाहन्छु की, नयाँ संसदमा पनि हाम्रो उपस्थिति सशक्त हुनेछ, त्यो संसदले आफ्नो निती र कामहरुलाई पूर्ण समर्थन गर्ने अपेक्षा गरिएको छ,” बिहीबार राती आयोजित चुनावी सभामा सोलिहले भन्नु भएको थियो । नयाँ संसदमा नशिदको नै सवै भन्दा मुख्य भूमिका हुने अनुमान गरिएको छ ।

पूर्वराष्ट्रपति यमिन शक्तिमा भएका बेला नशिदलाई विवादास्पद आतङ्कवाद सम्वन्धी मुद्धा लगाएर १३ वर्षे जेल सजाय सुनाइएको थियो । गत वर्ष राष्ट्रपति परिवर्तन भएपछि उहाँलाई दिएको जेल सजाय रद्द गरेर रिहा गरिएको थियो । सेम्टेम्बरमा भएको निर्वाचनको बेला तत्कालिन विपक्षी दलका नेताहरु जेलमा वा निर्वासनमा रहेका कारण सोलिहबाहेक अन्य विपक्षी नेताहरु चुनावी मैदानमा थिएनन् । सोलिह निर्वाचित भएपछि उहाँले राजनीतिक बन्दीहरूलाई तत्काल जेलमुक्त गराउनु भएको थियो ।

त्यही अनुसार नशिद जेलमुक्त हुनुभएको हो । त्यो चुनावमा धाँधली भएको दाबी गर्दै तत्कालिन राष्ट्रपति यामिनले सुरुमा नतिजा अस्विकार गर्नु भएको थियो । तर अदालतले पनि निर्वाचनमा धाँधली नभएको फैसला गरेपछि उहाँ विपक्षी बन्न बाध्य हुनु भएको थियो । अहिलेको सलिह नेतृत्वको सरकारले यमिनलाई अनेक मुद्धा लगाएको छ । माल्दिभ्समा पछिल्लो समय एक अर्का प्रतिको प्रतिशोधको राजनीति चर्किदै गएकाले राजनीतिक स्थिरता कायम हुन सकेको छैन ।(रासस÷एएफपी)