के तपाइको घुर्ने बाँनी छ ? यस बाट छुटकारा पाउनको लागि के गर्न्नु पर्छ ? पुरा पढ़न्नुस

सुतेको अवस्थामा आवाज निकाली सास फेर्नु नै घुर्नु हो । यो जुनसुकै उमेर समूहका महिला-पुरुषमा देखापर्ने समस्या हो । कोही हरेक रात घुर्ने गर्छन् भने कोही यदाकदा घुर्ने गर्छन् ।

किन घुर्छौ हामी ?

निद्राको समयमा जिब्रो लगायतका स्वासनलीका तन्तुहरु आरामको अवस्थामा हुन्छन् । सास फेर्दा लिएको हावा बहने यस नलिमा जब कुनै अवरोध वा साँधुरोपना बढ्छ, तब हावाको झोकाले तन्तुहरु कम्पित भई घुरेको आवाज निस्कन्छ ।

स्वासनली जति साँघुरो हुन्छ, घुराईको आवाज त्यति नै ठूलो आउँनेगर्छ । कसैँकसैँमा भने निद्रमै स्वास नलीमा पूर्णरुपमा अवरोध आई एक्कासी स्वास बन्द हुनसक्छ । यस्तो अवस्यालाई Obstructive Sleep Aprea भनिन्छ । यो घुराईको जोखिमपूर्ण अवस्था हो ।

घुराईका कारणहरुः

१) नाकमा मासु पलाउँदा

२) घाँटिको टनसिल वा ग्रन्थि ठूलो हुँदा

३) बाङ्गो नाक भएकाहरुमा

४) नाक/घाँटिको सङ्क्रमण वा एलर्जी, पिनास

५) अप्ठ्यारो गरी सुत्नाले

६) सुत्नु अघि खसी सेवन गर्नाले

७) मोटोपना

८) आवश्य मात्रामा निद्रा नपाउँदा

घुर्ने मानिसहरुमा देखिने लक्ष्णहरुः

१) दिनमा ज्यादा निद्रा लाग्ने

२) बिहान उठ्दा टाउको दुख्ने

३) तौल बढ्न थाल्नु

४) राति अनिधो हुने

५) अत्याधिक थकान महसुस हुने

६) ज्यादा अल्छिपना, झर्को लाग्ने, रिस उठ्ने जस्ता व्यवहारिक परिवर्तन

७) स्मरणशक्ति, एकाग्रता तथा ध्यानमा कमि आई पढाई, व्यवसाय, दैनिक क्रियाकलापमा हास आउनु

८) सुतेको अवस्थामा सास फेर्न अप्ठेरो हुनु वा निसास्सिएको अनुभव गर्नु

घुराईको कारण स्वास्थमा आउँने जोखिमः

१) अकस्मात स्वासप्रीवा प्रणाली बन्द हुनु

२) सुताईको स्वाभाविक प्रकृति बिग्रनु

३) पाचणप्रणालीमा परिवर्तन आउनु

४) उच्चरक्तचाप लगायत हृदयघात र मस्तिष्कघातको जोखिम बढ्नु

५) मानसिक तनाव, निराशापन

घुराईका निरवारणः

१) नाक वा घाँटिको सङ्क्रमण/एलर्जीको समयमै उपचार गर्ने

२) सुताईको तरिका मिलाउने (सुत्दा कोल्टे परेर सुत्ने)

३) दैनिक व्यायाम गर्ने तथा मोटोपना घटाउने

४) सुत्नु भन्दा कम्तिमा ४ घण्टा अघि मधिरापान वा भारी खाना नखाने

५) धुम्रपान, तथा सुर्तीजन्य पदार्थ परित्याग गर्ने

६) नाक बाङ्गो वा प्वालमा मासु पलाएको अवस्थामा चिकित्सकसँग सल्लाह लिई सत्यक्रिया पनि आवश्यक हुनसक्छ ।

७) जटिल प्रकृतिको घुर्ने समस्या भएकाहरुमा नाकको प्वाल साघुरिन नदिने यन्त्र पनि उपलब्ध छन् ।

८) समयमा सुत्ने बानि गर्ने

घुर्ने समस्याद्धारा समस्याग्रस्त हुनुहुन्छ भने नाक कान घाँटी विशेषजसँग भेटि अवश्यक परामर्श लिनु उचित हुन्छ ।