धरानमा नरिवलको रूखमा चट्याङ पर्दा आगो सल्कियो, वारुणयन्त्रद्वारा आगो नियन्त्रण

धरान, २३ चैत्र । धरान -१७ रेल्वेमा रहेको मनोज शाक्यको घरछेऊमा रहेको नरिवलको रूखमा चट्याङले हानेको छ ।

चट्याङबाट नरिवलको रुखको माथिल्लो भागमा आगलागी भएको छ । यद्यपी चट्याङबाट कुनै मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन् ।

आगलागी भएपछि स्थानीयले धरान उपमहानगरपालिको वारूण यन्त्र डाकिएको थियो । बारूण यन्त्र पुगेपछि बचेको आगो नियन्त्रणमा लिइएको स्थानीयले बताएका छन् ।

चट्याङ खस्दा धरान–१७ बासी केहीक्षण त्रसित बनेका थिए ।