मिनी मोडल वल्र्ड-२०१९ की बिजेता ५ बर्षीय प्रिन्साको मिस नेपाल जित्ने लक्ष्य ! (भिडियोसहित)

काठमाडौं, २३ चैत्र । इजिप्टमा संचालन भएको ‘स्टार्ट मिनी मोडल्स अफ द वल्र्ड २०१९’ मा नेपालकी कान्छी सहभागि पाँच वर्षिया प्रिन्शा खड्काले मिनी मोडल वल्र्ड-२०१९ को ताज पहिरिएकी छिन् ।

अठार वर्ष मुनिका विश्वका विभिन्न मुलुकका पैतालिस जना सहभगिहरुलाई पछाडी पार्दै प्रिन्शाले मिनी मोडल वल्र्ड-२०१९ को ताज पहिरिएकी हुन् ।

प्रिन्साले प्रतियोगितामा वेष्ट डान्सरको अवार्ड पनि जित्न सफल भएकी छिन् । टिभी स्टार्ट इन्टरनेशनल टिभी फेस्टिवलद्वारा आयोजित उक्त प्रतियोगिता गत मार्च २१ गते देखि २८ गते सम्म इजिप्टको हुर्घादा शहरस्थित द क्यारेवियन वल्र्ड रिसोर्टमा संचालन भएको थियो । सो कार्यक्रममा प्रिन्सा सबै सहभागि मध्येकी कान्छी उमेरकी थिइन् ।

उनी वालवाटिका इन्टरनेशनल स्कुलमा युकेजीमा अध्ययरनत छिन् । प्रिन्साले यस अघि मर्निङ ग्लोरी इन्टरटेन्मेन्टले नेपालमा आयोजना गरेको कार्यक्रममा क्विक्स मिनी लिटिल च्याम्प २०१९ को ताज पनि जितेकी थिइन् ।

भिडियो हेर्नुहोस्-