म्याग्दीमा पर्यटन महोत्सव शुरु

गलेश्वर, २३ चैत। म्याग्दीको सदरमुकाम बेनीमा रहेको रेडियो म्याग्दी १०४.४ मेघाहर्जको आयोजनामा आजदेखि प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव–२०७५ शुरु भएको छ ।

रेडियोको ११औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको महोत्सवमा जिल्लाका विभिन्न जातजाति, भाषावासीसहितको ¥यालीले बजार परिक्रम गरेको छ । महोत्सवलाई व्यवस्थित रुपमा सञ्चालन गर्न १३ उपसमिति गठन गरिएको रेडियो सञ्चालक समितिका सचिव ठाकुरप्रसाद शर्माले जानकारी दिनुभयो ।

रेडियोको वार्षिकोत्सवका अवसरमा ‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको हो । स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको सांस्कृतिक प्रस्तुति रहने महोत्सवमा खुल्ला लोक दोहोरी गीत प्रतियोगिता, म्याग्दी डान्स आइडलका रुपमा एकल नृत्य लगायतका प्रतियोगितासमेत समावेश गरिएको छ ।

खुला दोहोरी गीत प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनलाई क्रमश ः नगद रु ५० हजार, रु २५ हजार र रु १० हजार पुरस्कार प्रदान गरिनेछ । नृत्यमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २५ हजार, रु १० हजार र रु पाँच हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । बेनीको खुलामञ्चमा सञ्चालन हुने महोत्सवमा १०० व्यापारिक कक्ष रहेका छन् ।

स्थानीय उत्पादनका वस्तुहरुको प्रदर्शनी र प्रवद्र्धनका लागि आयोजकले १० कक्ष निःशुल्क उपलब्ध गराउने रेडियोका स्टेशन संयोजक एवं महोत्सवका व्यवस्थापन संयोजक भरत रकालले जानकारी दिनुभयो । रासस