दुइ वर्ष संगै बसिसकेपछि बिहे गरौं भन्दा रमिलाको हत्या ! योगेन्द्र विरुद्ध कर्तव्य ज्यान मुद्दा दायर (रमिलाको आमा र साथिसंगको कुराकानी हेर्नुहोस)

काठमाडौँ, २३ चैत । हत्या गरि फालिएकी मोरङ उर्लाबारीकी रमिला राईको शव कोसी ब्यारेजमा भेटिएको १ हप्ता बितिसक्दा पनि उनको हत्यारा सार्बजनिक गरिएको छैन ।

आफन्त तथा स्थानीयले तत्काल हत्यारा र सार्वजनिक गर्न माग गर्दै आइरहेका भए पनि प्रहरीले तर्दै आइरहेको छ ।

राईको हत्यारा एमाले नेता योगेन्द्र गुरुङ अनुसन्धानमा रहेको भन्दै प्रहरीले स्थानीयबासी र आफन्तलाई टार्दै आइरहेको हो ।

प्रहरीले उपरीक्षक मनोज केसीका अनुसार अनुसन्धान जारी रहेको भन्दै हत्यारा तत्काल सार्वजनिक नगर्ने बताएका छन् । उनले भने, ‘रमिलाएको हत्यारा तत्काल सार्वजनिक गर्दैनौ । अनुसन्धान जारी रहेकोले हत्यारा सार्वजनिक गर्न सकेका छैनौँ ।’

स्थानीयहरूले हत्यारालाई बेलबारी इलाका प्रहरी कार्यालयमा सार्वजनिक गर्न माग गर्दै आएका छन् ।

यस विषयमा रमिलाको आमा र साथिसंगको कुराकानी हेर्नुहोस :