दुवै मिर्गौला पिडित १९ बर्षीय किशोरको अस्पतालको बेडबाट याचना ! आर्थिक सहयोग गरि मलाई बचाउनुहोस्

काठमाडौँ । दुवै मिर्गौलले काम नगरेपछि नुवाकोटका मृगौला पिडित किशोरले आर्थिक सहयोगको याचना गरेका छन् ।

नुवाकोट बेलगढी नगरपालिका वाड न ४ बस्ने १९ बर्षीय इन्द्र बहादुर तामङ्ग थिङको दुवै मिर्गौलमा समस्या भएपछि यतिबेला महाराजगन्जस्थित टिचिङ्ग अस्पतालमा उपचाररत छन् ।

आर्थिकस्थिति कमजोर भएकै कारण उनको उपचारमा यतिबेला समस्या परेको हो । उनको मिर्गौल प्रत्यारोपण गर्नु पर्ने हुदा कमजोर आर्थिक स्थितिकै कारणले उपचार हुन् नसकेको उनका आफन्त सन्दिप मोक्तानले बताए । देश तथा विदेशमा रहेका सम्पूर्ण सहयोगी मनहरुले उनलाई सहयोग गरे उनले नया जीवन पाउने मोक्तान बताउछन् । त्यसैले सबैले सकेको आर्थिक सहयोग गरि उनलाई नया जीवन दिउ ।

सहयोग गर्न चाहानु हुन्छ भने पिडित बुबाको सम्पर्क नम्बर:

बुबाको नाम – रेशम तामङ,सम्पर्क नम्बर ९८१०२८१५९४