कार्यसम्पादन समिति गठन गर्न आज कांग्रेस केन्दीय कार्यसमिति बैठक बस्दै

काठमाडौं, २३ चैत्र । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारीका अनुसार बैठक शनिबार दिउँसो ३ बजे बस्ने भएको स्रोतले बताएको छ ।

पार्टीभित्रै विधानविपरीत धेरै संख्या रहेको भन्दै आलोचना भएपछि यसअघिको कार्यसम्पादन समिति विघटन गरिएको थियो ।

बैठकमा संसदीय बोर्ड गठन र केन्द्रीय विभागका संयोजक तोक्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।