५ वटा सरकारी अफिसमा ‘छड्के’, कतै मुख्य गेटमा ताल्चा, कतै कार्यालय सहयोगी मात्रै (भिडियो सहीत)

पोखरा । गण्डकी टेलिभिजनको चर्चित कार्यक्रम ‘गण्डकी छड्के’ को यस हप्ताको श्रृखला भर्खरै सार्वजनिक भएको छ । ५ वटा सरकारी कार्यालयमा ‘छड्के’ गरीएको छ । कार्यक्रममा यस्ता कार्यालयहरु देखाइएको छ, जहाँ कार्यालयको समयमा एक जना पनि कर्मचारी र जनप्रतिनिधी छैनन र कार्यालयको प्रवेश द्धारमा नै ताला लगाइएको छ । अर्को एक कार्यालयमा मात्र एक जना कर्मचारी छन–त्यो पनी कार्यालय सहयोगी ।

कास्कीको रुपा गाउँपालिकाको कार्यालय, रुपाकै ६ नं वडा कार्यालय, रुपामै रहेको इलाका हुलाक कार्यालय, अन्नपुर्ण गाउँपालिकाको कार्यालय र अन्नपुर्णकै २ नं. वडा कार्यालयबाट कार्यक्रम तयार पारीएको हो । सरकारी कार्यालयहरुमा देखिएको यो बेथितीको बारेमा सम्बन्धीत अधिकारीबाट जवाफ मागिएको छ । अधिकारीहरुले कारवाही गर्ने प्रतिबद्धता जनाएका छन । गण्डकी टेलिभिजनका लागी अपिल त्रिपाठीले संचालन गर्ने गण्डकी छड्केको यस हप्ताको नयाँ श्रृखला तलको भिडियोमा हेर्नुहोस ।