मिस नेपाल प्रतियोगी र जज रचना गुरुङ शर्मा काण्डबारे मुख खोलिन् मिस नेपाल शृंखलाले, जजलाई ट्वीटरबाट दिइन् खतरा च्यालेन्ज !

काठमाडाै, २२ चैत्र । मिस नेपाल अडिसन–२०१९ को एउटा भिडियो यतिवेला सामाजिक संजालमा भाइरल बनेको छ । उक्त भिडियोमा प्रतियोगी ललितपुरकी अस्मिता महर्जनमाथि निर्णायक मण्डलकी सदस्य रचना गुरुङले ‘दुव्र्यवहार’ गरेको देखिन्छ ।

कोरियोग्राफर तथा मिस नेपाल प्रशिक्षक गुरुङले प्रतियोगीमाथि मेकअप नगरेको र तयारी नगरी आएको आरोप लगाउँदै कटाक्ष गरेकी छन् ।

उक्त भिडियो सामाजिकल संजालमा सार्बजनिक भएपछि भिडियोमाथि विभिन्न प्रतिक्रिया आइरहेका छन् । भिडियोलाई लिएर मानिसहरु फरक–फरक धुर्वमा बाँडिएका छन् ।

अडिसनमा गुरुङले प्रतिस्पर्धी भएर आउँदा किन मेकअप नगरेको र कति पावरको चस्मा लगाउँछौं भन्दै भद्दा प्रस्न तेस्र्याएकी छन् । जवाफमा प्रतियोगीले भनेकी छन् । ‘कसरी मेकअप गर्ने ? थाहै भएन ।’

यस बिषयमा पूर्वमिसनेपाल सदीक्षा श्रेष्ठले भनिन्, ‘तपाईं इन्टरभ्यु दिन जाँदा सफा सुग्घर र नयाँ कपडा लगाएर जानुपर्छ। मिस नेपाल पनि त्यस्तै हो ।’

आफ्नो व्यवहारमाथि सामाजिक सञ्जालमा चर्चा हुन थालेपछि गुरुङले भनेकी छन्– सामाजिक सञ्जालले मेरो भनाइ तोडमोड गर्याे।

अस बिषयमा मिस नेपाल २०१८ शृङ्खला खतिवडाले पनि प्रतिक्रिया जनाएकी छिन । उनले ट्वीटरमा आफ्नो बिना मेकअपको फोटो पोष्ट गर्दै सुन्दर हुनलाई मेकअप गर्नै पर्छ भन्ने गुरुङको तर्कलाई बलियो जवाफ दिएको छ ।

शृङ्खलाले आफ्नो फोटोसँगै लेखेकी छन्, ‘नो मेक अप एण्ड स्टिल व्युटीफूल’ अर्थात् ‘मेकअप नगरे पनि सुन्दर’ ।