पाँचथर पुगेका पूर्व राजा शाहले शुभचिन्तकहरुसँग खिचे सेल्फी !

काठमाडौ, २२ चैत्र । पुर्वी पहाडी जिल्लाहरुको भ्रमणका क्रममा फिदिम पुगेका पुर्व राजा ज्ञानेन्द्र शाहाले किराँत धर्मका महागुरु फाल्गुनन्द लिङदेनको शालिकमा माला अर्पण गरेका छन् ।

पाँचथरको प्रसिद्ध तिर्थ स्थल सुम्हात्लुङ मन्दिरमा पुजा गरी शाहले किराँत धर्मका महागुरु फाल्गुनन्द लिङदेनको शालिकमा माला अर्पण गरेका हुन् ।

फिदिम स्थित बुद्धमार्र्गमा रहेको मनस्वि होटलबाट पैदलै करिव आधा किलोमिटर हिँडेका शाहले नागरिकसंग भेटेका थिए । कुनै पनि संवाद नगरी फुलगुच्छा लिएका शाहले उनका सहयोगि मार्फत सुम्हात्लुङको ऐतिहाँसिकताका बारेमा जानकारी लिएका थिए ।

सोमबार अपरान्ह फिदिम आएका शाहले मन्दिरको बारेमा जानकारी लिएको बाहेक कसैसंग पनि कुनै बिषयमा कुराकानी गरेको भने बुझिएन । सञ्चारकर्मीहरु संग संक्षिप्त कुराकानीको तयारी गरेको बताइए पनि त्यो संभव भएन ।