भारतले खसालेको भनिएको पाकिस्तानी एफ–१६ विमान सकुशल, बिमान निर्माता अमेरिकाले गर्यो यस्तो पुष्टि

एजेन्सी, २२ चैत्र । भारतले फेब्रुअरी २७ को दिन पाकिस्तानी लडाकू विमान र आफ्ना लडाकू विमानबीच भएको जम्काभेटका क्रममा पाकिस्तानको एफ–१६ लडाकू विमान खसालेको दावी अमेरिकाले मिथ्य साबित गरेको छ ।

यस विषयमा लामो समयसम्म उक्त विमान निर्माता अमेरिकाले प्रतिक्रिया कुनै प्रतिक्रिया दिएको थिएन । तर हाल आएर अमेरिकाले पाकिस्तानसँग रहेको एफ–१६ जहाजहरुको गन्ती गरेर सबै विमानहरु यथावत रहेको बताएको छ ।

अमेरिकी म्यागजिन ‘फरेन पोलिसी’ ले जहाजको गन्तीलाई लिएर एक रिपोर्ट दिएको छ । इण्डियन एयर फोर्सले फेब्रुअरी २८ अर्थात घटनाको भोलिपल्ट पाकिस्तानी एफ–१६ ले मार हानेको एएमआरएएएम मिसाइलको टुक्राहरु देखाएको थियो । त्यसलाई उसले अमेरिकामा निर्मित एफ–१६ कश्मिरमा आक्रमण गर्नका लागि प्रयोग भएको प्रमाण भएको बताएको थियो ।

पाकिस्तानले सुरु देखिनै भारतीय एयर फोर्सले उसको एक एफ–१६ खसालेको कुराको खण्डन गर्दै आएको छ । म्यागजिनको रिपोर्टअनुसार पाकिस्तानले एफ–१६ विमानहरु यथावत रहेको प्रमाण दिनको लागि निमन्त्रणानै गरेको लेखेको छ ।

‘अमेरिकाले पाकिस्तानसँग भएका एफ–१६ जहाजहरु गन्दा सबै जहाजहरु यथास्थितिमा रहेको र यसले फेब्रुअरीमा भएको विवादका क्रममा उसको एक जहाज खसालेको भन्ने भारतको दावीसँग नमिलेको बताएको छ,’ विहिबार म्यानगिनकी रिपोर्टर लारा सेलिग्म्यानले समाचारमा लेखेकी छिन् ।