बिद्यार्थीमाथि शिक्षकको ज्यादती : सहायक प्रअ र शिक्षकको कुटपिटबाट छात्र बेहोस, गरियो अस्पताल भर्ना !

काठमाडौँ, १९ पुस । सल्यानको एक बिद्यालयमा शिक्षकको कुटपिटबाट बिद्यार्थी घाइते भएका छन् ।

जिल्लाको बाग्चौर नगरपालिका–२ थारमारेस्थित जनकल्याण नमुना माध्यमिक विद्यालयका एक विध्यर्थी शिक्षकको कुटपिटबाट घाइते भएका हुन् ।

बुधबार दिउँस कक्षा कोठाभित्र दुई विद्यार्थीबीच भएको झडप छुट्याउने क्रममा विद्यालयका सहायक प्रधानध्यापकसहित शिक्षकको कुटपिटबाट १० कक्षामा अध्ययनरत छात्र विशाल बस्नेतलाई अस्पताल भर्ना गरिएको विद्यालय स्रोतले जनाएको छ ।

सहायक प्रधानध्यापक तुलसीराम बस्नेत र अर्का शिक्षक यामबहादुर घर्ती मिलेर बस्नेतलाई कुटपिट गरेपछि बेहोस भएका उनलाई उपचारको लागि कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरमा भर्ना गरिएको छ ।