बलिउड हस्तीहरु सलमान खानका डान्स प्रशिक्षक तथा रेमो डीसुजाका असिस्टेन्ट साजनले पहिलो पटक नेपाली फिल्मको कोरियोग्राफी गर्दै (तस्बिर सहित)

काठमाडौं, २२ चैत्र । भारतीय चर्चित डान्स रियालिटी शो “डान्स इन्डिया डान्स” मा सहभागी भई नेपाल र नेपालीको नाम समेत चम्काईसकेका साजन सिंह बलिउडका चर्चित नायक सलमान खानको पर्सनल डान्स ट्रेनर हुन् ।

डीआइडीमा आफनो चमत्कारी डान्सबाट मन जित्न सफल भएपछि चर्चित कोरियोग्राफर एवं निर्देशक रेमो डिसुजाले उनलाई आफनो असिस्टेन्ट बनाउने घोषणा गरेका थिए । सोही घोषणा अनुरुप साजन आज पनि संगै कोरियोग्राफरको रुपमा काम गरिरहेका छन् ।

उनले यसअघि रेमोकै निर्देशनमा बनेको फिल्म एबसीडीका हरेक सिरिजहरुमा पनि काम गर्दे आएका छन् । बलिउडमा निकै ब्यस्त रहेका साजनले पहिलो पटक नेपाली फिल्ममा कोरियोग्राफी गरेका छन् ।

सुयोग गुरुङ्गले निर्देशन गरिरहेको फिल्म “सानो मन” को कामका लागि उनी हाल नेपालमा रहेका छन् । रोमन बज्राचार्य, सुयोग गुरुङ्ग र सिमा राईको स्वरमा रहेको गीत “रानु कम्मर” बोलको गीतमा उनले कोरियोग्राफी गरेका हुन् ।

उनको कोरियोग्राफीमा नायक आयुष्मान देशराज जोशी र र नायिका शिल्पा मास्के फिचर्ड रहेका छन् । भिडियोमा क्वालिटी र हरेक रुपमा सशक्त बनाउनको लागि पनि निकै खर्च गरिएको निर्देशक बताउँछन् ।

म्यूजिकल लभस्टोरी जनरामा निर्माण भईरहेको यस फिल्ममा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्ममा कथा समिर सुनवार र निर्देशक गुरुङले लेखेका हुन् ।

हाल धमाधम सुटिङ भईरहेको यस फिल्मका केहि सुटिङका केहि तस्बिरहरु हेर्नुहोस्-