शारीरिक अपङ्गता भएकी ४० वर्षीया नेपाली महिलालाई बलात्कार गरेको आरोपमा कवाडी संकलन गर्ने एक भारतीय नागरिक पक्राउ

कावासोती, २२ चैत । नवलपुरको हुप्सेकोटबाट शुक्रबार बिहान बलात्कारको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

हुप्सेकोट गाउँपालिका २ कोलियाकी शारीरिक अपङ्गता भएकी झन्डै ४० वर्षीया महिलालाई बलात्कार गरेको उजुरीका आधारमा ती भारतीय नागरिक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटका अनुसार भारत बिहार मोतियारि घर भइ हाल कावासोती नगरपालिका १६ डण्डामा डेरा गरी बस्ने भुनेश कुसवाहालाई पक्राउ परेका हुन् ।

कुशवाहाले कवाडी संकलन गर्ने गरेको र, त्यसै क्रममा हुप्सेकोटको जङ्गलमा बलात्कार गरेको परिवारको आरोपपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बोल्न नसक्ने ती महिलाको मेडिकल जाँच गरी कुसवाहामाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।