भर्खरै ललितपुरको नयाँबाटोमा डरलाग्दो दुर्घटना : बाटो काटिरहेको स्कूटीलाई बचाउन खोज्दा जनक शिक्षाको ट्रकले भ्यान किचेर २ जनाको मृत्यु, एक जना गम्भीर (तस्बिर सहित)

काठमाडौं, २२ चैत्र । ललितपुरको नयाँबाटोस्थित चक्रपथमा ट्रकले भ्यानलाई किचेर दुई जनाको मृत्यु बहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार ट्रकले स्कूटीलाई बचाउन खोज्दा भ्यानलाई किचेर उक्त दुर्घटना भएको हो ।

प्रत्यक्षदर्शी तथा उद्धारमा खटिएका रामविश्वास राउतका अनुसार बाटो काटिरहेको स्कूटीलाई बचाउन खोज्दा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको ट्रक असन्तुलित भई तरकारी बोकेको भ्यान किच्न पुगेको हो ।

शुक्रवार मध्याह्न जनक शिक्षाको ना१घ ५३३ नम्बरको ट्रकले तरकारी बोक्ने बा७च २१३१ नम्बरको भ्यानलाई किचेको छ । भ्यानले किच्दा २ जनाको मृत्यु र १ जना घाइते भएका महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ ।

ट्रक बाटोका पल्टिएको छ । ‘जनक शिक्षाको गाडी एकान्तकुनाबाट आएर सानेपातिर गइरहेको थियो । स्कूटीले बाटो काट्दा ट्रकले सन्तुलन गुमाएर भ्यानलाई किचेको हो,’ प्रत्यक्षदर्शी राउतले भने, ‘बाटो काटेको स्कूटीलाई केही पनि भएन ।’

ट्रकका चालक फरार भएका प्रत्यक्षदर्शीले जनाएका छन् । तरकारी बोक्ने भ्यानमा आमाछोरीसहित चालक रहेका थिए ।

उक्त दुर्घटनाका केहि तस्बिर हेर्नुहोस्-

(तस्बिर सौजन्य : लोकान्तर)