चस्मा लगाएको र मेकअप नगरेको भन्दै मिस नेपालकी सहभागीलाई नायिका एना शर्माकी आमा तथा मिस नेपालकी जज रचना गुरुङ शर्माले यसरी थर्काइन् ! (भिडियोसहित)

काठमाडौं, २२ चैत्र । मेकअप नगरेको भन्दै गाली खाएकी मिस नेपालकी एक कनटेस्टेण्ट टप २६ मा पुगेकी छन् ।

केहि दिन अघि अडिसन दिएकि उनलाई मेकअप नगरेको र चस्मा लगाएको भन्दै जजले थर्काएका थिए ।

कम्प्युटर इन्जिनियरिङ गरिरहेको बताउने ललितपुरकि अश्मिता महर्जनलाई निर्णायक रचना गुरुङ शर्माले त्यस्ता प्रश्न गरेकी हुन् ।

स्मरण रहोस् रचना गुरुङ शर्मा नायिका एना शर्माकी आमा हुन् ।

अहिले सामाजिक संजालमा जजलाई उनलाई दर्शकले गालीको बर्षा नै दिएका छन् । अश्मितालाई भने बिना मेकअप नै राम्री देखिएको भदै तारिफ गरेका छन् ।

तिनै सहभागी महर्जन अब प्रतियोगिताको अघिल्लो चरणमा पुगेकी छन् । एक फेसबुक पोस्ट मार्फत उनले यसबारे जानकारी गराइन् । उनले केहि समय अघि मात्रै ‘रोड टु मिस नेपाल २०१९’ भन्दै एक फेसबुक पोस्ट गरेकी थिइन् ।

भिडियो हेर्नुहोस् –