ललितपुरको सानेपामा जनक शिक्षाको ट्रकले तरकारी बोकेको भ्यानलाई ठक्‍कर दिँदा २ को मृत्यु,एक जना घाइते

ललितपुर। ललितपुरको सानेपा धोबीघाटमा ट्रक र भ्यान ठोक्किदा दुई जनाको ज्यान गएको छ । भने एक जना घाइते भएका छन्।

शुक्रबार बिहान सधे ११ बजे जनक शिक्षा सामग्री केन्द्रको ना १ घ ५३३ नम्बरको किताब बोकेको ट्रकले बा ७ च २१३१ नम्बरको तरकारी बोकेको भ्यानलाई ठक्‍कर दिएको हो। मृत्यु हुनेमा दोलखाका ४० वर्षीय इन्द्रबहादुर सुनुवार र धनुषा घर भई हाल भैसेपाटी बस्दै आएका ४० वर्षीया डोल्मा शेर्पा रहेका छन्। दुर्घटनापछि उपचारका लागि अल्का अस्पताल लगेका उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताए ।

घाइते स्मृति मगरको उपचार भैसीपाटि स्थित मेडिसिटि अस्पतालमा उपचार भइरहेको छ ।