अब सिल्क एयर नेपालबाट दैनिक सिंगापुर जाने

काठमाडौं, २२ चैत्र । सिल्क एयरले भोलिदेखि दैनिक रुपमा नेपालबाट सिंगापुर उडान भर्ने घोषणा गरेको छ ।

बोइङ ७३७ र ८०० विमानले नेपालबाट सिंगापुर हप्ताको सातै दिन उडान भर्ने सो कम्पनीले जनाएको हो ।

बिजनेस र इकोनोमी क्लास १ सय ५० सिटर विमानमा खाना र मनोरन्जनका साथ यात्रुहरुले मज्जा लिन सक्ने कम्पनीले जनाएको छ ।

सिंगापुरबाट विहान ९ बजे जहाज काठमाडौंका लागि उड्ने छ भने काठमाडौंमा सो विमान १२ बजेर ५ मिनेटमा ल्याण्ड गर्ने छ ।

त्यस्तै काठमाडौंबाट १ बजेर ५ मिनेट सिंगापुरका लागि उडान भर्ने समय तय गरिएको छ ।

सिल्क एयरले सन २००७ देखि नेपालमा उडान भर्दै आइरहेको छ ।