केकमा औषधि मिसाई बेहोस बनाई धारिलो हतियार प्रयोग गरि महिलाको हत्या, अभियुक्त पक्राउ

कपिलवस्तु, २२ चैत्र । कपिलवस्तुकी अनिता पौडेलको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ४ ठाकुरापुर निवासी अनितालाईबोस बनाएर हत्या गरिएको थियो ।

पक्राउ पर्ने व्यक्तिको व्यक्तिको नाम, थरसहितको परिचय भने खुलाइएको छैन् । हत्याको अनुसन्धान गर्दै जाँदा अभियुक्तलाई कपिलवस्तु प्रहरीले बुधबार पक्राउ गर्न सफल भएको हो ।

प्रहरी स्रोतका अनुसार पौडेललाई केकसँग बेहोस हुने औषधि खुवाएर धारिलो हतियार प्रहार गरी हत्या गरेको पाइएको छ ।

कपिलवस्तु प्रहरीले हत्याराको खोजी गर्न प्रहरी नायब उपरीक्षक रवि रावलको नेतृत्वमा टोली परिचालन गरेको थियो ।