काठमाडौं लाजिम्पाटमा आगलागी हुँदा एकको मृत्यु, ४ जान घाइते

काठमाडौं,२२ चैत । लाजिम्पाटमा आगलागी हुँदा एक जनाको मृत्य भएको छ भने ४ जना घाइते भएका छन् ।

बिहिबार राति धर्म महर्जनको ३ तले घरमा आगलागी हुँदा भाडामा बसेका ओखलढुंगाको पोखरी गाउँपालिका-२ का भेषबहादुर थापाको मृत्यु भएको हो । उनी ग्रुप फोर सेक्यूरिटी कम्पनी अन्तरगत होटल शंकरमा सुरक्षागार्ड थिए ।

आगलागीमा परि बर्दियाका विबेक शाही, उनकी श्रीमती गंगामाया शाहीसँगै चन्द्रमाया राई र बिना बस्नेत घाइते भएका छन् । राई र बस्नेत उपचारपछि घर फर्किएका छन् भने शाही दम्पत्तिको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । अहिले उनीहरुको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । विद्युत् सर्ट भइ आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।