४ मिनेट समय नदिएर विमान उड्न नदिएपछि २५६ जना यात्रुले नेपाल एयरलाइन्सको विमान भित्रै यसरी आन्दोलन नै गरेका थिएछन, प्रहरीले जवर्जस्ती विमानबाट उतार्न खोज्दा उनीहरु भन्दै थिए : अहिले हामी उडेनौ भने हाम्रो जागिर जान्छ, भिसा सकिन्छ यसको जिम्मेवारी कसले लिने ? (भिडियो हेर्नुहोस)

काठमाडौं, २२ चैत्र । कूल २७६ जना यात्रु चढेको नेपाल एयरलाइन्सको आरए २३१ नम्बरको जहाज मंगलबार राति दुबई उडानका लागि तयारी भयो । उक्त उडानका लागि सबै यात्रुलाको बोर्डिङ पनि गरियो। नेपाल एयरलाइन्सको वाइडबडी जहाज साढे ८ ह्यांगरबाट निकालेर पार्किङ वेमा लिइयो । त्यसलगत्तै क्याटरिङ आइटम जहाजमा बोर्ड गरियो र यात्रुलाई पनि जहाज चढाइयो ।

९ बजेर ३५ मिनेट जाँदा यात्रु सबै चढिसकेर जहाजमा इन्धन भर्ने काम पनि सकियो ९ : ३७ मा। इन्जिनियरिङ क्लिरेन्स पाएपछि ९:४५ मा जहाजका सबै ढोका बन्द भए र यात्रुहरु जहाज उड्ने पर्खाइमा रहे ।

‘क्याप्टेनले जहाजमा प्यासेन्जर बोर्ड भइसकेको र केबल चार मिनेटमात्र थप गरिदिन आग्रह गरेका थिए तर पनि विमानस्थलले दिएन’ लामा भने,‘यसो हुँदा एकातिर दुबई जाने भनेर जहाज चढिसकेका यात्रुहरु एकातिर मानसिक तनाबमा परे अर्कोतिर हामीलाई पनि क्षति भयो ।’

जहाज ह्यांगरबाट तानेर ल्याउन दिने, प्यासेन्जर बोर्ड पनि हुन दिने तर चार मिनेट समय नदिएर विमानस्थलले राष्ट्रिय ध्वजाबाकमाथि अन्याय गरेको लामाको भनाइ छ ।

‘१० बजे विमानस्थल बन्द हुँदैछ भन्ने थाहा पहिलै थियो त्यहीअनुसार कि पहिलै बोर्ड हुन किन दिएको? दिइसकेपछि २ देखि ४ मिनेटको समय पनि दिन नसक्ने? विदेशी एयरलाइन्सलाई जसरी पनि समय मिलाउने अनि हामीलाई वास्तै नगर्ने?’ लामाले भने, ‘यसरी नेपाल एयरलाइन्समाथि चौतर्फी हमला हुने हो भने हामी कसरी अघि बढ्ने हो?’

क्याप्टेन विजय लामाले यो कुरा गरि रहदा विमान भित्रको दृश्य पनि अहिले सार्बजनिक भएको छ । सार्बजनिक भिडियोमा यात्रुहरु आक्रोशित मुद्रामा देखिन्छन । उनीहरु भन्दैछन : ७२ घण्टा देखि हामी कुरीरहेका छौ, अहिले हामी उडेनौ भने हाम्रो जागिर जान्छ, भिसा सकिन्छ यसको जिम्मेवारी कसले लिने ?

हेर्नुहोस उक्त भिडियो :