२०१९ को पहिलो सूर्य ग्रहण आइतबार बिहान लाग्दै, यी राशिहरुलाई प्रभावित हुने

सन् २०१९ को पहिलो सूर्य ग्रहण जनवरी ६ आईतवार बिहानै लाग्दैछ। यस दिन वि।सं। अनुसार २०७५ साल पुस २२ गते रहेको छ। प्राप्त जानकारी अनुसार सूर्य ग्रहण सूर्योदय हुनुपूर्व ५ बजेर १९ मिनेटमा शुरु हुनेछ भने ९ बजेर ३३ मिनेटमा ग्रहण सकिनेछ।

यस ग्रहण नेपाल-भारत लगायतका सहित दक्षिण एसियालि देशबाट भने देखिनेछैन। ज्योतिष शास्त्रीका अनुसार नेपालबाट नदेखिने भएता पनि केहि राशिमा असर भने पर्न सक्छ।

खण्डग्रास सूर्यग्रहण

यस खण्डग्रास सूर्यग्रहण उत्तर-पूर्वी एशिया र उत्तरी प्यासिफि देशहरुबाट देख्न सकिनेछ। जापान, कोरिया, मंगोलिया, ताइवान र रूस तथा चीन को पूर्वी क्षेत्रबाट यो सूर्यग्रहण देख्न सकिनेछ। साथै अमेरिका पश्चिमी हिस्सामा पनि सूर्यग्रहण देखा पर्नेछ। बेइजिंगमा सूर्यको २० प्रतिशत र टोकियोमा ३० प्रतिशत हिस्सा ग्रहण देखिन सक्ने आकलन गरिएको छ।

नेपालमा यस सूर्यग्रहणको सूतक भने लाग्ने छैन। वृश्चिक लग्न, धनु राशि र पूर्वाषाढा नक्षत्रमा रहेर यस ग्रहण लाग्ने हुँदा वृश्चिक र धनु राशिलाई केहि मात्रामा असर पार्ने देखिन्छ। यी दुई राशिको लागि केहि मात्रामा समस्या हुन सक्ला भने जीवनमा केहि दुख बढ्ने देखिन्छ। स्वास्थ्यको हिसाबमा पनि यी दुई राशिलाई ग्रहणले असर पार्नेछ।

यस बाहेक ग्रहणको प्रकृति, पर्यावरण, वायुमण्डलमा पनि केहि मात्रामा असर देखा पर्न सक्ला।