वाँसको झ्याङमा लुकेर २ प्रहरीमाथि रड प्रहार कार्की प्रहरी नियन्त्रणमा

काठमाडौं, २२ चैत्र । गस्ती टोलीका १ जना प्रहरीमाथि लुकेर फलामको रड प्रहार गर्ने एक जना पक्राउ परेका छन् ।

काठमाडौंको नागार्जुन नगरपालिका-९ स्युचाटार कमलपोखरीमा डिउटीमा खटिएको २ जना प्रहरी कर्मचारीलाई रड प्रहार गरेको अभियोगमा १ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका-७ भएका ४२ वर्षीय पदमबहादुर कार्की रहेका छन् ।

वाँसको झ्याङमा मादक पदार्थ सेवन गरी लुकेर बसेका कार्कीले फलामको रडले महानगरीय प्रहरी प्रभाग स्युचाटारबाट खटिएको प्रहरी गस्ती टोलीलाई प्रहार गरेका थिए । कार्कीलाई लाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

रड प्रहारबाट घाइते हुनेमा प्रहरी हवल्दार र प्रहरी जवान गरी २ जना छन् । दुवै प्रहरी कर्मचारीको नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।