शरीरको यी ठाउँहरुमा आएको डण्डीफोहोर कहिले पनि नफुटाउनुहोस् ! कालो दाग बस्छ !

एजेन्सी । डण्डीफोहोरले धेरैलाई दुख दिने गर्छ भने यसले एक व्यक्तिको सुन्दरता विगार्नको लागि ठुलै भूमिका खेल्ने गर्छ। डण्डीफोहोरले युवा-युवती दुवैलाई दुख दिने गर्छ। सुन्दर मुहारलाई पनि एस्सजिलै कुरुपमा परिवर्तन गर्ने क्षमता डण्डीफोहोरमा हुने गर्छ। हरे व्यक्ति किशोर अवस्थामा प्रवेश गरेसँगै डण्डीफोहोरको चिन्ताले सताउन शुरु हुने गर्छ।

डण्डीफोहोर नियन्त्रण गर्न धेरै गार्हो हुने गर्छ भने कोहीमा त डण्डीफोहोर नियन्त्रण बाहिरनै गएको एस्समेत देख्न सकिन्छ। कोहीको भने यस्ता डण्डीफोहोर निचोर्ने साथै फुटाउने बानि रहेको हुन्छ। कुनै ठाउँमा रहेको डण्डीफोहोर फुटाउँने गर्दा कहिले पनि नजाने खत बस्न सक्ने हुन्छ। आज हामी तपाईलाई यस लेखमा डण्डीफोहोर फुटाउन नहुने केही ठाउँको बारेमा जानकारी दिने छौँ।

यदि तपाईको डण्डीफोहोरको बीचबाट कपाल उम्रिएको छ भने यस प्रकारको डण्डीफोहोर कहिले पनि सामान्य तरिकाबाट फुटाउन हुँदैन। यसो गर्दा फुटेको ठाउँ धेरै सुन्निने हुन्छ भने दाग पनि धेरै समय सम्म रहनाले सुन्दरता बिगार्न सक्ने सम्भावना हुन्छ।

यस्तै रुगा अथवा चिसो लागेको समयमा डण्डीफोहोर जस्तै देखिने फोकाहरु आउन सक्छ। यसलाई कहिले पनि निचोर्नु हुँदैन। यस्तै चिसो लागेको कारण आएको फोकासँगै रहेका डण्डीफोहोर निचोर्नाले इन्फेक्सन बढ्ने गर्छ। जसका कारण डण्डीफोहोर बिग्रिएर दाग रहन जाने हुन्छ।

डण्डीफोहोर जस्तै देखिने अन्य एलर्जीका कारण आएका फोकाहरु पनि फुताउना हुँदैन। यस्ता फोकासँग रहेका डण्डीफोहोर निचोर्नाले एलर्जीको प्रभाव बढ्न सक्ने हुन्छ। यति मात्र नभएर अनुहारको धेरै नरम ठाउँमा आएको डण्डीफोहोर कहिले पनि फुटाउनु हुँदैन। आँखाको वरी-परि आएका डण्डीफोहोर साथै ओठमा आएको डण्डीफोहोरलाई निचोर्नाले पीडा धेरै हुने गर्छ भने इन्फेक्सन पनि छिटै हुने सम्भावना रहेको हुन्छ।