कुम्भ र मीन राशि हुनेले नछुटाइ अवश्य पढ्नुहोस्

कतिपयलाई त कोतुहुल्ता होला कुन राशिसंग बिबाह गर्दा राम्रो होला भन्ने कुरा । तपाईको राशिले निर्धारण गर्छ कस्तो साथी पाउनुहुन्छ ।

कुम्भ राशि

कुम्भ राशि भएका मानिसका लागि मिथुन, तुला या कुम्भ राशिका साथी उत्तम मानिन्छ । यिनीहरूका बीचको प्रेम सम्बन्ध राम्रो हुन्छ । यदी कुनै व्यक्तिको राशि कुम्भ हो भने मेष, सिंह या धनु राशिका साथी छनौट गरे यी साथीको जोडी सामान्य रहने छ । जुन मानिसको राशि कुम्भ हो उनको लागि कर्कट वृश्चिक या मीन राशिका व्यक्तिका साथ प्रेमसम्बन्ध सफल हुने सम्भावना ५०–५० प्रतिशत हुन्छ । कुम्भ राशिका लागि वृष, कन्या या मकर राशि हुनेहहरुको सम्बन्ध राम्रो मानिएको छैन ।

मीन राशि

जुन मानिसको राशि मीन हो उसको लागि कर्कट, वृश्चिक या मीन राशिका साथी उत्तम हुन्छन् । यिनीहरुको प्रेम सम्बन्ध पनि उत्तम हुन्छ । मीन राशिका मानीसका लागि वृष, कन्या या मकर राशिका साथी सामान्य हुन्छ ।

यिनीहरुको प्रेम प्रसंग आपसी तालमेलमा अधिक निर्भर रहन्छ । मिथुन,तुला र कुम्भ राशिका मानिसका साथ मीन राशिको प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० हुन्छ ।

मीन राशिका मानिसका लागि मेष, सिंह या धनु राशिका साथी त्यति उत्तम मानिदैन । यिनीहरूको प्रेम सम्बन्धको सफलताको सम्भावना एकदमै कम हुन्छ ।