नेयमारले दिए उनको मेडिनालाई यस्तो च्यालेन्ज

काठमाडौं, २१ चैत्र । कमेडियन रेनाटो अरागाओले ब्राजिलमा एक फानी डान्सिङ ट्रेन्डको सुरुवात गरे । उक्त डान्समा पेरिस सेन्ट सर्जन (पिएसजी)का स्टार खेलाडी नेयमारले सहभागी हुने निर्णय गरे ।
त्यसपछि उनले आफ्नो एक डान्स भिडियो बनाउदै सामाजिक संजालमा सेयर गरे ।

आफ्नो सामाजिक संजालमा उक्त डान्सिङ भिडियो सेयर गर्दै उनले खेलेका छन्, ‘चुनौती स्वीकार छ’ । उनले थप लेखेका छन्, ‘यस चुनौतीको आविष्कार हाम्रा आइडल रेनाटो अरागाओले गरेका थिए ।’

यससँगै नेयमारले आफ्ना साथी गाब्रिएल मेडिनालाई उक्त डान्सको पुन: भिडियो बनाएर सेयर गर्न चुनौती दिएका छन् ।