राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी आगामी वैशाखमा

काठमाडौँ, २१। स्वदेशी वस्तुको उत्पादन बढाइ रोजगारीको अवसर सिर्जना गरी आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले आगामी वैशाखमा ३०औँ राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६ हुने भएको छ ।

उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासङ्घको सहआयोजनामा आगामी वैशाख २६ देखि ३० गतेसम्म स्थानीय भृकुटीमण्डपमा हुने उक्त प्रदर्शनीमा लघु घरेलु तथा साना उद्योगका उत्पादनका २०० कक्ष रहनेछन् । लघु घरेलु तथा साना उद्योगका उत्पादनलाई प्रदर्शनीको माध्यामबाट क्रेता र बिक्रेताबीच सम्पर्क बढाई बजार प्रवद्र्धनमा सहयोग गर्ने, राष्ट्रियस्तरमा मागअनुरुपका वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहन गर्ने र मुलुकभरका उद्यमीको सीप, प्रविधि र उद्यमशीलताको कदर गरी राष्ट्रियस्तरमा सम्मान र पुरस्कृत गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले जानकारी दिनुभयो ।

सतहत्तरवटै जिल्लाका लघु घरेलु तथा साना उद्यमीको सहभागिता हुने यस प्रदर्शनीमा प्रदेशस्तरीय उत्पादनको छुट्टै ‘पेभिलिएन’ रहने, महिला उद्यमशीलता प्रदर्शनी तथा उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरिने उहाँले बताउनुभयो । प्रदर्शनी अवधिमा एक लाख ५० हजारले अवलोकन गर्ने र रु पाँच करोडभन्दा बढीको आर्थिक कारोवार हुने अनुमान गरिएको छ । हालसम्म मुलुकभर चार लाख १८ हजार ५२ साना र घरेलु उद्योग दर्ता भएको भए पनि आव २०७४÷०७५ सम्म तीन लाख २१ हजार १३ उद्योगमात्र दर्ता कामय रहेको महासङ्घले जनाएको छ । रासस