राहत वितरण व्यवस्थित गर्न आग्रह

वीरगञ्ज २१ चैत।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आइतबार साँझ बारामा गएको आँधीबेरी प्राकृतिक प्रकोपका पीडितलाई राहत तथा क्षतिपूर्ति वितरण कार्य व्यवस्थित गर्न आग्रह गर्नुभएको छ

। नेपाल पत्रकार महासङ्घ पर्साले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले प्रभावित क्षेत्रमा जथाभावि राहत वितरण हँुदा धेरै गुनासा आएकाले अब उक्त कार्य व्यवस्थित हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राहत वितरणमा स्थानीय सरकारले राम्रो पहल लिएको छ, त्यसलाई थप व्यवस्थित गर्नुपर्छ ।”

मन्त्री यादवले पिडितमध्ये जसको बस्ने बासको ब्यवस्था छैन उनीहरुलाई बासको व्यवस्था गर्न संघीय सरकारले सबैसँग समन्वय गरीरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ सरकारले छिट्टै प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने बिजुली, खानेपानी, स्वास्थ्यलगायत अति आवश्यक वस्तुको व्यवस्था गर्छ ।” रासस