डिभोर्स दिए लगत्तै श्रीमानले कैँचीले काटिदिए श्रीमतीको जीब्रो !

काठमाडौँ , २१ चैत्र । पाकिस्तानमा एक व्यक्तिले श्रीमतीलाई डिभोर्स दिएर पनि रिस थाम्न नसकी कैंचीले श्रीमतीको जिब्रो काटिएका छन् ।

पाकिस्तानको राजधानी लाहोर नजिकै रहेको हाफिजाब जिल्लाको पिँडी भट्टिया गाउँका जहाँगिर नामका व्यक्तिले श्रीमतीलाई डिभोर्स दिए लगतै कैचीले जिब्रो काटिदिएका हुन् ।

रिस नियन्त्रण गर्न नसकेपछि उनले पत्नी नसरीनको जीब्रो काटिदिएको समाचारमा उल्लेख छ ।

जहाँगिरमाथि नसरीनले हत्या गर्न कोसिस गरेको आरोपमा मुद्दा दर्ता गराएकी थिइन् । डिभोर्सपछि पनि यी दुई विवादमै रहेका थिए । विवादकै क्रममा भूपू ससुराली पुगेर एक्कासी माइतीमा रहेकी पत्नीमाथि खनिएका जहाँगिरले योजना बनाएर कैँची लिएर ससुराली पुगेका थिए ।

आक्रोसमा रहेका उनले आफुसँग रहेको कैँची निकालेर जीब्रो काटिदिएका हुन् । जीब्रो काटिएपछि घाइते भएकी नसरीनलाई उपचारको लागि अस्पताल पुर्याइएको छ ।