पोखरेललाई पछि पार्दै नेपाल बार एशोसिएशनको अध्यक्षमा श्रेष्ठ, महासचिवमा पौडेल विजयी

काठमाडौं, २१ चैत्र । सुनिल पोखरेललाई पछि पार्दै नेपाल बार एशोसिएशनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् ।

(नेकपा) निकट प्रगतिशील, पेसागत तथा समावेशी समूहका श्रेष्ठले काँग्रेस निकट लोकतान्त्रिक समूहका प्रत्याशी पोखरेललाई पछि पार्दै विजयी भएका हुन् ।

मतगणनाको सुरुवातमा प्रजातान्त्रिक समूहका उम्मेदवार पोखरेलले अग्रता लिए पनि मतगणना अन्तिमसम्ममा नेकपा निकट प्रगतिशीलका श्रेष्ठ विजयी भएका हुन् ।

यसैगरी महासचिवमा लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी भएका छन् ।

नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि गत शनिबार भएको निर्वाचनमा ८ हजार ३ सय २९ मत खसेको थियो ।