लाइभ कार्यक्रम चलिरहेकै बेला लुटेराको एक समुह स्टुडियोभित्र छिरेर लुटे मोबाइलदेखि सिक्री, औंठी र ब्रासलेट ! (लाइभ भिडियोसहित)

काठमाडौं, २१ चैत्र । ब्राजिलको एक रेडियोमा लाइभ कार्यक्रम चलिरहेको बेला स्टुडियोभित्रै लुटेराको एक समूह प्रवेश गरेर रेडियो प्रस्तोतालाई लुटेका छन् ।

ब्राजिलको साओ पाउलोमा मंगलवार साँझ लाइभ कार्यक्रम चलिरहेकै बेला लुटेराको एक समूह प्रवेश गरेर कसैले रेडियोकर्मीलाई पेस्तोल देखाउने र कसैले मोबाइल, औंठी, सिक्री, ब्रासलेट लगायतका सामान लुट्दै गरेको भिडियो सार्बजनिक भएको छ ।

‘हामीहरू लुटिँदैछौं,’ कार्यक्रम प्रस्तोताले भने । रेडियोका श्रोताले इन्टरनेटमार्फत डकैतीको लाइभ घटना हेरेका अनि सुनेका थिए ।

रेडियो स्टेसनका एक निर्देशकले बताएअनुसार, डकैती हेरिरहेका मानिसले तत्कालै प्रहरीलाई खबर गरेका थिए । तर प्रहरी आइपुग्नुअघि नै आरोपितहरू घटनास्थलबाट फरार भएका थिए ।

लुटेको लाइभ भिडियो हेर्नुहोस्-