सुरेश रानाको ‘कर्णाली पारी’ सार्बजनिक (भिडियोसहित)

काठमाडौं, २१ चैत्र । गायक सुरेश रानाले देउडा गीत ‘कर्णाली पारी’ बजारमा ल्याएका छन् ।

लोकपप तथा आधुनिक गीतबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक सुरेशले आफ्नै शब्द र संगीतमा रहेको गीत ‘कर्णाली पारी’ बजारमा ल्याएका हुन् ।

जसमा गायक लोकेन्द्र जिसी र गायिका टीका पुनको अवाज रहेको छ । कर्णाली वरिपरिको सेरोफेरो र संस्कृतिलाई समेटेर तयार पारिएको सो गीतको भिडियोको दृश्य दैलेखमा छायाङ्कन गरिएको हो ।

सुर्खेतमा बसेर कला संस्कृतिलाई संरक्षण गरिरहेका पुराना नृत्य निर्देशक चन्द्र मन्दिरले भिडियो निर्देशन गरेका छन् । भिडियोमा पवन योगी, पे्ररणा विक, मदन रेग्मी र सुमित्रा चौधरीको सुन्दर नृत्य देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस्-