नयाँ शक्तिका संयोजक भट्टराईद्वारा हावाहुरी प्रभावितलाई ५ लाख सहयोग

काठमाडौं, २१ चैत्र । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले बारा र पर्साका हावाहुरी प्रभावितलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

जनकपुर पुगेका नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बिहीबार हावाहुरी प्रभावितका लागि ५ लाख रुपैयाँ सहयोग मुख्यमन्त्री राहत कोषमा जम्मा गरेका हुन् ।

भट्टराईले प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनलमार्फत् ५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गर्दै हावाहुरी प्रभावितलाई औपचारिक संयन्त्रबाटै व्यवस्थित रूपमा सहयोग गर्न पनि सबैलाई आग्रह गरेका छन् ।

आइतबार राति आएको हावाहुरीले बारा र पर्सामा गरी २८ जनाको मृत्यु भएको थियो । सयौं घरबार बिहिन भएका छन् ।