म्यागजिन कभर पेजका लागि साराले गरिन् यस्तो हट फोटोसुट ! (तस्बिर सहित )

एजेन्सी, २१ चैत्र । बलिउड अभिनेता सेफ अलि खानकी सुपुत्री तथा बलिउड अभिनेत्री सारा अलि खानले हालै एक म्यागजिनको कभर पेजक लागि गराएकी फोटोसुट सामाजिक संजालमा भाइरल भईरहेको छ ।

साराले यस फोटोसुट अप्रिल अडिसनका निम्ति गरेकी हुन् । यस तस्बिरलाई उनका शुभ चिन्तकले अत्यधिक मन पराएका छन् । यसभन्दा पहिले पनि उनले फिल्मफेयर म्यागजिनका लागि फोटोसुट गराई सकेकी थिइन् ।

चलचित्र लव आजकल २ को सुटिङ्गमा ब्यस्त रहेकी सारा कार्तिक आर्यनसंगको प्रेम सम्बन्धका कारण पनि चर्चामा राहेकी छिन् ।

भर्खरै सम्पन्न फिल्मफेयर अवार्ड शो मा साराले बेस्ट डेब्यु फिमेल एक्ट्रेसको उपाधि समेत पाएकी थिइन् ।

उनि अभिनित प्रथम चलचित्र केदारनाथ हो भने दोस्रो चलचित्र सिम्बा हो । जुन चलचित्रले बक्स अफिसमा कमालको प्रदर्शन गर्न समेत सफल भएको थियो ।