बाटोमा दिसा गर्ने १७ जना प्रहरी नियन्त्रणमा !

गौशाला, २१ चैत्र । बाटोमा दिशा गर्ने १७ लाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी र खुल्ला दिसामुक्त अभियानकर्मीले आज बिहान जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका विभिन्न वडाबाट बाटोमा दिसा गर्ने १७ जनालाई पक्राउ गरेको हो ।

जलेश्वर नगरपालिका–३, ४, ६ र १२ मा बाटोमा दिसा गर्दै गरेकालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । पक्राउ परेकालाई जनही ५०० जरिवाना गरेपछि छाडिनेछ ।

महोत्तरी खुल्ला दिसामुक्त गर्न अभियानकर्मी, प्रहरी, प्रशासन सबै एकजुट भएर लागे पनि दैनिकजसो १२ भन्दा बढी मानिस पक्राउ पर्ने गरेका छन् ।