शाहरुखका छोरा आर्यन अभिनेता नभइ निर्देशक बन्दै !

एजेन्सी, २१ चैत्र । बलिउड चर्चित अभिनेता शाहरुख खानको सुपुत्र आर्यन खानले पनि बलिउडमा डेब्यु गर्ने हल्ला चलेको भएपनि वास्तविकता भने अर्कै छ ।

आर्यन करण जोहरको चलचित्र ‘तख्त’ मा अभिनयमा नभई निर्देशकको रुपमा चलचित्रमा डेब्यु गर्दै छन ।

आर्यनले यस चलचित्रमा सह निर्देशकका रुपमा काम गर्ने भएका हुन् । जुन चलचित्र सन् २०२० मा बिभिन्न हलहरुमा प्रदर्शन गरिने छ । चलचित्रमा करिना कपुर खान, रणवीर सिंह, जान्ह्वी कपुर, विकी कौशल, अनिल कपुर र भूकी पेडनेकर आदिको मुख्य भूमिका रहने छ ।

शाहरुखका अनुसार आर्यनले हाल चलचित्रमा अभिनय गर्न भन्दा पनि निर्देशक बन्न चाहेको कुरा बताएका छन । उनि पछिल्लो समयमा अमेरिकामा फिल्म मेकिङ्ग गरिरहेका छन् ।