बारमा वामपन्थी प्यानलका चण्डेश्वर श्रेष्ठको अग्रता

काठमाडौं, २१ चैत । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वको मत गणनामा झिनो मतले वामपन्थी प्यानल अगाडी देखिएको छ ।

झन्डै १३ सय मत गन्न बाँकी हुँदा अध्यक्षमा वामपन्थी प्यानलका चण्डेश्वर श्रेष्ठ ५३ मतले अगाडि देखिएको हो ।

पछिल्लो मतपरिणाम अनुसार श्रेष्ठले ३ हजार ९१ मतका साथ अग्रता लिइरहँदा लोकतान्त्रिक प्यानलका सुनिल पोखरेल ३ हजार ३८ मतका साथ पछ्याइरहेका छन् । महासचिव पदमा भने लोकतान्त्रिक प्यानलका लिलामणि पौडेलको अग्रता छ ।

उच्च अदालत बार पाटन र काठमाडौं बारको मतगणना सकिएपछि आजै साँझसम्म अन्तिम परिणाम आउने सम्भावना रहेको अनलाइन खबरमा समाचार प्रकाशित छ ।