नेपाल र नेपाली सेनामाथी भारतीय चर्चित मिडिया ‘आजतक’ ले लगायो यस्तो गम्भीर आरोप !

काठमाडौं, २१ चैत्र । भारतीय एक चर्चित मिडियाले नेपालको गरिमामा आँच आउँने किसिमको समाचार प्रकाशित गरेको छ ।

भारतीय मिडिया ‘आजतक’ ले यस्तो किसिमको समाचार प्रकाशित गरेको हो ।

आजतकले आफ्नो गोप्य सुत्रको हवाला दिँदै पाकिस्तानको गुप्चतर एजेन्सी ‘आईएसआई’ नेपाली सेनामा घुसपैठ गर्ने प्रयासमा रहेको समाचार प्रकाशित गरेको हो ।

यसको लागि पाकिस्तानको गुप्चतर एजेन्सी आईएसआई र पाकिस्तानी सेना नेपालको राजधानी काठमाडौँमा ‘नेशनल डिफेन्स कलेज (राष्ट्रिय प्रतिरक्षा कलेज)’ बनाइरहेको जानकारी आफूहरुले प्राप्त गरेको समाचारमा रक्त पत्रिकामा लेखिएको छ ।

चीनको शैलीमा पाकिस्तान नेपालसँग नजिक हुने कोशिस गरिरहेको र त्यसमार्फत नेपालमा भारतविरोधी काम गर्न खोजिएको ‘आजतक’ले आरोप लगाएको छ ।

सुरक्षा विभागको सुत्र भन्दै सो मिडियाले पाकिस्तानले काठमाडौँमा ‘नेशनल डिफेन्स कलेज’ बनाएर नेपाली सेनामा आफ्नो प्रभाव बलियो पार्न खोजेको दावी गरेको छ ।

‘आजतक’ले पाकिस्तानले काठमाडौँमा रहेको आफ्नो हाई कमिशनमार्फत भारतविरोधी प्रोपागाण्डा पनि चलाइरहेको आरोप पनि लगाएको छ ।

‘नेशनल डिफेन्स कलेज’ बनाउने विषयमा पछिल्लो केही दिनभित्र पाकिस्तान र नेपालबीच कयैन चरणमा बैठक भइसकेको जानकारी आफूहरुसँग रहेको ‘आजतक’को दावी छ ।