सोलुखुम्बुको हिमाली बजार नाम्चे बजारमा भारी हिमपात, तापक्रम माइनस आठ डिग्रीमा झर्यो

काठमाडौं, १९ पुस । सोलुखुम्बुको हिमाली बजार नाम्चे बजारमा भारी हिमपात भएपछी जीवन कस्टकर बनेको छ । नाम्चे बजारलाई सगरमाथाको प्रदेशद्वार पनि भनेर चिनिन्छ।

बिहिबार बिहान देखि भारी हिमपात भएपछि समुन्द्री सतहबाट तीन हजार सात मिटर उचाईमा रहेको नाम्चेको तापक्रम माइनस आठ डिग्रीमा झरेको छ। रात पर्दा सम्म हिमपात रोकिएको छैन। नाम्चे बजार मात्र हैन सोलुखुम्बुको अधिकांश हिमाली भेगमा हिमपात भएपछि जनजीवन धेरै कष्टकर बनेको छ । हिमाल चढ्न गएका देशी विदेशी पर्यटकहरु पनि हिउ परेर अलपत्र परेका छन ।

अत्यधिक जाडो भएपछि यस क्षेत्रका स्थानीयहरु सबै घर भित्रै थुनिएका छन ।

तस्बिर सौजन्य : ट्रेकिङ गाइड नुर्वु शेर्पा/अन्नपूर्ण

आज काठमाडौंमा यो वर्ष कै जाडो, तापक्रम शून्य डिग्री पुग्न सक्ने

काठमाडौँ, १९ पुस । केहि दिन यता काठमाडौँको तापक्रम ओरालो लाग्दै छ । आज विहान काठमाडौंको न्युनतम तापक्रम १ दशमलव ५ डिग्रि सेल्सियस रहेको छ ।

आज विहान ५ बजेर ४५ मिनेटमा गरिएको तापक्रमको मापनमा काठमाडौँको तापक्रम एक दशमलब ५ डिग्री सेल्सियस रहेको हो । हिजो न्युनतम तापक्रम एक दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो । आज बेलुका काठमाडौंको न्युनतम तापक्रम शून्य डिग्री पुग्न सक्ने मौसम पुर्वाअनुमान महाशाखाले जनाएको छ ।

अधिकतम तापक्रम भने १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान छ ।त्यसै गरी उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हिमपात हुने सम्भावना छ ।