‘टिक टक’ माथि प्रतिबन्ध लगाउन अदालतको आदेश

एजेन्सी । विभिन्न सामाजिक संजालमा हिजो आज निक्कै चर्चाको विषय छ टिकटक । यानिकी अरुको गित वा आवाजमा आफुले क्यामेरामा अभिनय गरेर सामाजिक संजालमा शेर गर्ने काम ।

तर दुखद कुरा अब यसलाई अदालतले प्रतिबन्द लगाउन आदेश दिएको छ । यो खबर भारतको हो । त्यहाँको मद्रास उच्च अदालतले मनरोजञ्न मोबाइल एप ‘टिक टक’माथि प्रतिबन्ध लगाउन केन्द्र सरकारका नाममा आदेश जारी गरेको हो ।

मद्रास उच्च अदालतले इन्डोनेसिया र बंगलादेशको सरकारले उक्त एपमा प्रतिबन्ध लगाइसकेको र अमेरिकाले समेत बालबालिकाहरुलाई अनलाइन सामग्रीबाट बचाउनका लागि नयाँ नियम जारी गरिसकेको अवस्थामा भारत सरकारले पनि उपयुक्त कदम चाल्नुपर्ने आदेशमा उल्लेख गरेको छ ।

गित गाउनु सम्म त राम्रै थियो तर टिकटकलाई गलत प्रयोग गर्दै पोर्न भिडियो नै लगाउन थालेपछि यसले बालबालिकालाई सिधा असर पार्ने भन्दै अदालतले यो निर्णय गरेको हो ।

नेपालमा पनि टिकटकका धेरै प्रयोगकर्ता रहेका छन । त्यसमध्य कति युवतीहरु त सेलिब्रिटी नै भैसकेका उदाहरण पनि छन ।