कलिलो बालमस्तिष्कले गरेको कामको विश्वभर प्रशंशा : आफ्नो साइकलले किचेको छिमेकीको चल्ला बचाउन पैसा बोकेर अस्पताल पुगेका यी बालकको तस्बिरले विश्वलाई नै भावुक बनायो !

एजेन्सी, २१ चैत्र । भारतका एक बालकले गरेको काम देखेर विश्वलाई नै भाबुक बनाइदिएको छ भने बालकले जताततै प्रसंशा पाइरहेका छन् ।

भारत मिजोरम राज्यका एक बालकले आफ्नो साइकलले किचेको चल्लाको उपचार गर्न चल्ला बोकेर अस्पताल पुगेको तस्बिरले विश्वलाई नै भावुक बानेको छ ।

ती बालक आफ्नो साइकलमा खेल्दै थिए । दुर्घटनाबस उनको साइकलले छिमेकिको चल्ला किच्यो । त्यसपछि उनी यति आत्तिएकी चल्ला र आफूसँग भएको पैसा सहित अस्पताल पुगे । जहाँ उनले पैसा लिएर चल्लाको उपचार गराउन आग्रह गरे ।

अस्पताल पुगेका ती बालकको तस्विर जब फेसबुकमा पोस्ट गरियो तब हजारौले सेयर गरे । साथै बालकको कदमले भावुक बनाएको भन्दै हजारौंले प्रतिक्रिया जनाएका छन् ।