डाक्टरकी श्रमतीले हस्पिटलको बेडबाट यस्तो भनेकी थिईन् ! यस्तो थियो अवस्था (भिडियो हेर्नुहोस)

काठमाडौँ । डाक्टर श्रीमानको कुटपिटबाट गम्भीर घाइते सुनिता यादवको उपचारका क्रममा शुक्रबार निधन भयो । नारायणी अस्पताल वीरगन्जमा कार्यरत डा. सचितानन्द यादवको कुटाइबाट गम्भीर घाइते जेठी श्रीमती सुनिताले उपचारका क्रमकाठमाडौंस्थित टिचिङ हस्पिटलमा अन्तिम स्वास लिईन् । बच्चा नभएको विषयमा सुनिता घरपरिवारबाट लामो समयदेखि याताना सहदैं आएकी थिईन् ।

वीरगन्ज महानगरपालिका २० हरपतगंजकी सुनितालाई चैत ६ गते राती डा. यादवले कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए । यतिबेला डा. यादव प्रहरी हिरासतमा छन् । प्रहरी हिरासतमा रहेका उनले प्रारम्भिक बयानमा बाथरुममा लडेर चोटपटक लागेको भनेका थिए । तर सुनिताको माईतिपक्षले मार्ने नियतले नै कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

हामी सुनिताको जन्मघरमा पुगेपछि सुनिताका जेठा दाई मोहन यादवले हस्पिटलमा सुनिताले थाहा नपाउने गरि खिचेको एउटा भिडियो क्लिप्स पाएका छौँ । हेर्नुहोस यो भिडियो :